• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित

धनगढी । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुुवै किशोरी(फूपुुभदै )को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुुलेको हो । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिदैछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० ईश्वरीप्रसाद भण्डारीले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिइने बताएका छन् ।

 

दुुई किशोरीको हत्याको प्रमुुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।

उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुुगाइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन । ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रुपमा ढाका पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोशेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोशेली लिएर फूपुुको घरमा पुुगेका थिए । फूपुको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजना बनाउँछन् । उनीहरुबीच टेलिफोन संवाद हुन्छ ।

गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय हुन्छ । दुवै किशोर घुुमफिर गरेर आउने भन्दै शुुक्रबार बिहानै फूपुको घरबाट निस्किन्छन् । फूपुको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरु किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लाग्छन् ।
दिउँसो करीब साढे १२ बजेको समयमा उनीहरु छिन्ने जंगलमा पुुग्छन् । त्यतिबेलासम्म इशरा र सरस्वती पनि बाख्रा लिएर घरबाट त्यहाँ आइसकेका थिए । इशरा र सरस्वतीसँग उनीहरु तीनै जना एकसाथ भेट्छन् ।

प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

इशरासँग टेलिफोनमा संवाद गर्दै आएका राजेश बुढा९नाम परिवर्तन० ले चुन्नी९दोपट्टा० साट्छन् । त्यही क्रममा दिपेशले इशरासँग आफ्नो पनि टेलिफोनमा कहिलेकहीँ कुुराकानी हुुने गरेको भन्दै आफ्नो प्रेमिका भएको बताउँदै समान्य विवाद गर्छन् ।

त्यसपछि इशरा र राजेश छेउ लागेर आपसमा प्रेमका कुुरा गर्छन् । त्यही बेला फूपु सरस्वतीसँग दिपेशको कुराकानी चल्छ । कुुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने शर्तमा चुन्नी९दोपट्टा० साटासाट गर्न आग्रह गर्छन् ।
तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई स्वयं दिपेशले दिएको बयानअनुुसार सरस्वतीसँग यौन सम्पर्क गर्ने उत्सुुकता उनमा पलाएको थियो । प्रेम प्रस्ताव अस्वीर गरेपछि उनी यौन सम्पर्कका लागि जोडबल गर्न थाल्छन् । दिपेशले जबरजस्ती गर्न खोजेपछि उनी प्रतिबाद्ध गर्छिन् ।

आवेशमा आइसकेका दिपेशले नजिकै भएको ढुंगाले उनको मुुखमा प्रहार गर्छन् । सरस्वती भुँइमा लडेपछि पुुनः प्रहार गर्दै उनको निर्मम हत्या गर्छन् । त्यतिबेलासम्म इशरा र राजेशले यो कुुरा थाहा पाउदैनन् ।

सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका दिपेशले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूूलो ढुुंगा खसाल्छन् ।

इशराको पनि वीभत्स हत्या

प्रहरीकाअनुसार ढुुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन् । इशरासँग निकै आक्रोशित भइसकेका उनका प्रेमी राजेश बुढाले नै ढुंगा प्रहार गर्छन् । ढुंगा प्रहार गरेरै सरस्वतीको जस्तै इशाराको पनि हत्या गर्छन् । इशराको हत्या भने दुवै किशोरको योजनाअनुुसार भएको देखिएको प्रहरीले जनाएको छ ।

घटना भवितव्य देखाउन ढुंगा खसालियो

प्रहरीकाअनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।

हत्यापछि १५ मिटरको दुुरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौँ ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे रु भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रेसपत्र

 

  • वीभत्स हत्या
शनिबार, माघ १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.