धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ वनदेवी नजिक, भजनी नगरपालिका–७ हलौना घाट र वडा नं–६ नवलपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी १ लाख १९ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका सुर्ति, गुड्खा, बिडी, सिद्रा माछा, रातो/सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














