धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट र कैलारी गाउँपालिका–५ पवेराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ४६ हजार ३४० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका प्याज, चिनी, हरियो मटर, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













