धनगढी । चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई सामग्री सहयोग गरेको छ । सरस्वती पूजाको अवसर पारेर महासंघलाई दुई थान कम्प्युटर, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहयोग गरेको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले महासंघका अध्यक्ष श्रवण देउवालाई सो सामग्री हस्तान्तरण गरे । सो अवसरमा मन्त्री खड्काले शिक्षा र संस्कारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चैतन्य पाठशालाले सामाजिक क्षेत्रमा पनि उत्तिकै भुमिका खेलेको भन्दै प्रशंसा गरे ।चैतन्यले सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै महासंघका अध्यक्ष श्रmवण देउवाले केही दिनभित्र महासंघले सूचना केन्द्र स्थापना गर्ने बताए ।
कार्यक्रममा चैतन्य पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशी, प्रिन्सिपल कटकबहादुर सिंहलगायतको उपस्थिति थियो ।
चैतन्यले सूचना केन्द्र स्थापनाका लागि पत्रकार महासंघलाई सहयोग
चैतन्यले सूचना केन्द्र स्थापनाका लागि पत्रकार महासंघलाई सहयोग
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













