• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

पत्रकारिता समाजमा व्याप्त विकृति विस्थापित गर्नेमा केन्द्रित हुनुपर्छ : सचिव भट्ट

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अबको पत्रकारिता समाजमा व्याप्त विकृति विस्थापित गर्नेमा केन्द्रीत हुनुुपर्ने बताएका छन् ।

संगठनको २७औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा मंगलबार आयोजना गरेको प्रेस र पार्टीको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका भट्टले यस्तो बताएका हुन् ।

पत्रकार समाजको अध्ययनशील र उत्सुकता भएको व्यक्ति भएको बताउँदै भट्टले खोज पत्रकारिता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । पत्रकारले गर्ने खोज पत्रकारिता विकृति विस्थापित गर्नेमा केन्द्रीत हुुनुुपर्ने उनको भनाइ थियो ।

अहिले कतिपयले विकृतिलाई उजागर गर्नुको सट्टा व्यक्तिगत कुुरा खोजेर अरुको व्यक्तिगत जीवन सिध्याउने गरि काम गरिरहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको उनले बताए । उनले सञ्चार माध्यम र पत्रकारले समाजको मनोविज्ञान, आवश्यकता र माग बुझेर वर्तमान परिप्रेक्ष सुहाउँदो समाचार सामाग्रीहरु उत्पादन तथा प्रकाशनमा जोड दिनुुपर्ने सुुझाव समेत दिएका छन् ।

मुलुुकमा लोकतन्त्र स्थापनाका लागि राजनीतिक दल र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भट्टले अहिलेको व्यवस्था जोगाउन पनि भूमिका खेल्नुुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युुरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुुनी रानाले अहिले केहीले स्टन्टबाजी गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरिरहेको बताए । नेताहरुले केही पनि गरेका छैनन् भन्ने नाममा कुप्रचार गरेर व्यवस्थामाथि प्रश्न उठाउनेहरुप्रती सबै सचेत हुुनुपर्ने बताउँदै उनले जनतासामु वास्तविक कुुरा सम्प्रेषण गरेर भ्रम चिर्ने भूमिका सञ्चारकर्मीको भएको बताए ।
यस्तै, एमाले पोलिटब्युुरो सदस्य लिला भण्डारीले दलहरुविरुद्ध भ्रम फैलाएर हल्लाका भरमा स्थापित भएका शक्तिले समाजमा गरिरहेको कुप्रचार चिर्नु सञ्चार माध्यमको दायित्व भएको बताइन् ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोश थापा शर्माले सञ्चार माध्यमले वास्तविक सूचना सम्प्रेषण गर्नुपर्ने सुुझाव दिइन् । तथ्य नबुुझेर सम्प्रेषण गरिने कुुराले भ्रम सिर्जना हुने भएकाले पत्रकारले सचेत भएर तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनले बताइन् ।

अर्का केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पनि सञ्चारकर्मीले नकारात्मक मात्र नभएर सकारात्मक कुुरालाई पनि सम्प्रेषण गर्नुपर्ने सुझाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले पत्रकारले आफ्नो व्यवसायिक मर्यादाभित्र रहेर राजनीतिक दल तथा सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार माध्यममा क्रियाशील प्रेस चौतारी निकट पत्रकारहरुले राजनीतिक दल र सबै तहका सरकारले पत्रकारहरुको पेशागत सुरक्षा गर्दै व्यवसायिकता प्रवद्र्धनमा सघाउनुपर्ने सुझाव दिएका थिए ।

प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनकसिंह विष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा एमालेको प्रचार तथा प्रकाशन विभाग सदस्य हेमन्त पौडेल, प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख मातृका तिमिल्सिना, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम भट्ट, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, केन्द्रीय सदस्य दिलबहादुर छत्याल, चौतारीका नेताहरु एकिन्द्र तिमिल्सिना, गोविन्द रोस्यारा, हरि जोशी, विभिन्न जनसंगठनका केन्द्रीय स्तरका नेता, प्रमुख तथा प्रतिनिधीहरु पनि सहभागी थिए ।

एमाले प्रचार तथा प्रकाशन विभागको समन्वयमा आयोजना गरिएको कार्यक्रमको विषयस्तुमाथि विभाग प्रमुख चुडामणी भट्टले प्रकाश पारेका थिए भने प्रेस चौतारी कैलालीका उपाध्यक्ष लोकुसिंह ठकुरीले स्वागत मनतव्य राखेका थिए । प्रेस चौतारी नेपालले हरेक वर्ष २२ माघलाई स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.