धनगढी । नेकपा माओवादी ९केन्द्र०का उपमहासचिव बर्षमान पुनले बर्तमान सरकारले अध्यादेशबाट शासन चलाउन खोजिरहेको बताएका छन् ।
बुधबार प्रेस सेन्टर नेपाल, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव पुनले प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशबाट कानुन बनाउने तर्फ उद्धत रहेको आरोप लगाए । उनले भने ‘कानुन बनाउने संस्था संसद हो । ससंदबाट कानुन बनाउनु पर्ने हो । अहिलेको सरकार कार्यपालिकाबाट कानुन बनाउन खोज्दैछ यो गलत हो ।’
उनले भने ‘प्रधानमन्त्री ओलीले बिगतकै गलत अभ्यास दोह¥याउ खोज्दै हुनुहुन्छ, उहाँ अध्यादेशबाट कानुन बनाउने र विस्तारै संसदको विकल्प खोज्नेतर्फ उन्मुख हुनुभएको छ ।’
उनले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभामा फेल हुने सम्भावना रहेको बताए । उनले भने ‘सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभामा फेल हुने आशंका छ । यथार्त पनि हो । सत्ता पक्षको राष्ट्रिय सभामा बहुमत छैन् । बहुमत पु¥याउन कठीन छ । संसदलाई छलेर ल्याएका अध्यादेश सजिलै समर्थन गर्न सकिदैन् ।’
उनले सरकारले अर्थतन्त्रसमेत सुधार गर्न नसकेको बताउँदै अर्थतन्त्रमा संकुचन देखिएको तथा अर्थतन्त्र चलायमान नभएको बताए । उनले सरकार बजेट कार्यान्वयनमा पनि चासो नदिएको बताए ।
उनले भने ‘सरकार निरन्तर अविछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो सरकारले ल्याएको नीति,कार्यक्रम बजेटहरु मन परेन भने संसदमा ल्याएर रिभ्यु पनि गर्न सक्छ । तर सामान्य अवस्थामा त्यो कार्यक्रमलाई लागु गर्नुपर्ने हुन्छ । आफै सहभागी भएको सरकारले ल्याएको बजेट पनि कार्यान्वयन गर्न नसक्नु दुःखद पक्ष हो । वर्तमान प्रधानमन्त्रीको दल पनि सरकारमा थियो । बहुमत मन्त्रालय उहाँहरुले नै लिनुभएको थियो । उहाँहरुकै बजेट कार्यान्वयन भइरहेको छैन् ।’
सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेशले भूमिहीनलाई जग्गा बाँड्ने तिर भन्दा सरकारी जग्गा हडप्ने तिर सहजता ल्याउने उनको आरोप थियो । उनले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लडेर बलियो शक्ती बन्ने तर्फ केन्द्रित भएको बताए ।














