बैतडी । बैतडीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका-६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जोशी घर नजिकै रहेको जङ्गलमा बुधवार बाख्रा चराउने क्रममा भीरबाट अन्दाजी ७ सय मिटर तल खसेर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ ।













