धनगढी । कञ्चनपुरमा रहेको भवानी कालिका कन्स्ट्रकसन प्रालिको गोदाममा आगलागी हुँदा एक करोडको क्षति भएको छ । जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीमा हर्क मल्लले सञ्चालन गरेको उक्त प्रालिको गोदाममा बिद्युतको तार सर्ट भइ आज बिहान आगलागी भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार आगलागी हुँदा उक्त गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड,रबर सिल, टायल, क्रसर पट्टा, इन्जिन वयल, डिजेल, पेट्रोल,टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम, हाईड्रोलीक लिटर ड्रमलगायतका सामान गरी रु एक करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाइएको छ ।













