धनगढी । कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भरत सन्ज्याललाई ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित बुधबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
त्यस्तै,धनगढी उपमहानगरपालिका– ३ मिलन चोकबाट गोदावरी नगरपालिका–२ घर भई हाल मिलन चोक कोठा गरी बस्ने २२ वर्षीय बिष्ना पालीलाई १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको जनाइएको छ।













