धनगढी । प्रहरीले कैलालीमा काठ सहित तिन जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ कैलालीको गौरीगंगा साझेदारी बन
भित्रबाट काठ चोरी पैठारी गरेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी , सव-डिभिजन बन कार्यालय मसुरिया र कैलालीबाट खटिएको संयुक्त टोलीले काठ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
गौरीगंगा ७ मटकौना बस्ने बर्ष ५१ को दिनेश चौधरी, बर्ष ४१ को निर्मल डगौरा थारु र बर्ष ५४ को सिताराम चौधरीले दिनेश चौधरीको घरमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा साल गोलिया ४ थानको को ५७।०८ क्युफि काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
काठको मुल्य रु। ६८,४९६।- हुन आउछ ,नियन्त्र काठ र पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि सव(डिभिजन बन कार्यालय मसुरिया, कैलालीमा बुझाएको प्रहरीको भनाई छ ।














