धनगढी । कैलालीको गोदावरी नगरपलिका–४ स्थित गोदावरी आर्यघाटमा पानी अभावका कारण समस्या हुन थालेको छ । शवदाह गृहमा पानीको अभाव हुँदा बनाइएका संरचना प्रयोग विहीन हुन थालेका छन् । पानीका लागि पाइप विच्छाएको भए पनि पानी भने सुचारु भएको छैन् । पानी अभावले शवदाहका लागि नदी किनारमै लैजानु पर्ने बाध्यता रहेको बताइन्छ ।
तस्बिरहरु














