धनगढी । कञ्चनपुरको एक भान्साघर र गोठमा आगलागी भएको छ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्साघर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी रु एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।














