• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालोपत्र भएन

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उनी असन्तुष्टि पोख्छन् ।

“सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो”, उनले भने, “ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले काम नगर्दा खाल्डाखुल्डी भएको सडकमा हिँड्नुपरेको छ ।” सडकको ठेक्का लागेको केही महिनापछि गाउँमा नाली निर्माणको काम थालिएको थियो । कमसल इँटा र बालुवा प्रयोग गरी नाली बनाउन थालेपछि चौतर्फी विरोध हुँदा वडाध्यक्षले नाली नै भत्काइदिएपछि निर्माण व्यवसायी त्यसपछि काममा नफर्केको उनी बताउँछन् ।

प्रदेश सरकारले कलुवापुर–बेलौरी सडकलाई बेलडाँडी हुँदै नायल सडकमा जोड्ने योजना अघि सारेको स्थानीय बासिन्दा बताउँछन् । योजना अघि सारेको आधा दशक बढी भइसके पनि काम अगाडि बढ्न नसक्नु विडम्बना भएको स्थानीय टेकबहादुर साउदले बताए ।

“सडक पूरै धुलाम्मे छ”, उनले भने, “धुलो माटो उड्ने भएकाले सडक नजिकका घरभित्रसम्म धुलो पुग्छ, धेरै जनामा धुलोबाट श्वासप्रश्वासको समस्या बढ्दै गएको छ ।” सडकमा ठूलाठूला खाल्डाखुल्डी भएकाले वर्षात्मा ती खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटना हुने भय बढ्दै गएको उनी बताउँछन् ।

हिउँदयाममा धुलाम्मे, वर्षात्का बेला हिलाम्मे हुँदा सडकमा हिँडडुल गर्न र सवारीसाधन चलाउन समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा कमसल काम गरिन थालेपछि स्थानीयको दबाबमा नाली भत्काउनुपरेको बताउँछन् ।

दोयम किसिमको इँटा र स्थानीय खोलाको कमसल बालुवा प्रयोग गरेर नाली बनाउन थालेपछि गुणस्तरीय काम गर्न नाली भत्काइएको उनले बताए । तत्काल ठेक्का सम्झौताबमोजिम सडक स्तरोन्नति र कालोपत्रको कार्य नगरिए सङ्घर्षमा उत्रिनुको विकल्प आफूसँग नरहने अध्यक्ष महराले उल्लेख गरे ।

पटकपटक पूर्वाधार विकास कार्यालयलाई सडक कालोपत्रको कार्य अगाडि बढाउन आग्रह गर्दै आए पनि ठेकेदारको लापरवाहीको हवाला दिएर पन्छिने गरेको उनी बताउँछन् । कलुवापुरबाट झण्डै सात किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न सन्तोषी–थेगिम जेभीले निर्माणको जिम्मा लिएको छ ।

सडक कालोपत्रका लागि एक करोड बढी बजेट रहेको जनाउँदै पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुर अधिकारी निर्माण व्यवसायीको उदासिनताका कारण काम अगाडि बढ्न नसकेको बताउँछन् । “काम अगाडि बढाउन ताकेता गर्दै आएका छौँ”, उनले भने, “गर्छु भन्ने अश्वासन दिन्छन्, देखिनेगरी प्रगति हुनसकेको छैन, सन्तुष्ट छैनौँ ।”

सोही सडकको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर र चाँनदेवबाट कालागौँडीसम्मको तीन किलोमिटर सडक पनि कालोपत्रको कार्य हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्र गरेको सडक बिग्रिन सुरु भइसकेको छ । ठुल्ठूला खाल्डा र अलकत्रा उप्कन थालेको छ । सडकखण्डको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

सोही सडकखण्डको ढक्का–चाँनदेउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र अवस्थामा छ । सन्तोषी–थेगिम जेभीसँग विसं २०७८ साउन २० गते सडक कालोपत्रका लागि सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको लामो समय बिते पनि सडक कालोपत्र गर्ने कार्य हालसम्म पूरा गर्न सकेको छैन । सडक कालोपत्रको कार्य सम्पन्न गर्न विसं २०८२ चैतसम्मको समयसीमा निर्धारण गरिएको छ । रासस

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.