धनगढी । कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ वनदेवी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय राजेश शर्मा, २२ वर्षीय आरिफ अन्सारी र धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय तुसार गुप्ता पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
तीनै जनालाई १ ग्राम ६४० मिलिग्राम लागुऔषध(खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।














