• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

महिनावारी भएकालाई मठमन्दिर नजिकका बाटो हिँड्न रोक

  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित

बाजुरा । बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ । यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाले ती मठमन्दिरनजिकका बाटोमा कहिल्यै हिँड्न पाउँदैनन् । महिनावारी हुँदा महिलाले ती बाटोमा हिँडेपछि गाउँमा अनिष्ट हुने र देवीदेउता पनि रिसाउँछन् भन्दै यहाँका धामीझाँक्रीले डर देखाउने गरेकाले उनीहरू ती बाटो हिँड्न छाडेका छन् ।

महिनावारी भएका बेला मठमन्दिरनजिकको बोटामा हिँडेपछि गाउँमा धामीझाँक्री रिसाउने गर्छन् । त्यसैले आफूहरू महिनावारी हुँदा ती बाटोमा हिँड्न छाडेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय (नाम परिवर्तन) पवित्रा विकले बताइन् । उनले भनिन्, “माथि गाउँ छ, तल वन छ, त्योबिचमा कालापालत देउताको ठुलो मन्दिर छ । वनमा घाँसदाउरा ल्याउन त्यही बाटो जानुपर्ने भए पनि देउताको डरले नै म त्यो बाटोमा कहिल्यै गएकी छैन ।” महिनावारी हुँदा दुध, दही, महीलगायतका पोसिला खानेकुरा त टाढाको कुरा, बाटोमा समेत हिँड्न नपाउँदा आफूलाई यो समाजले निकै अन्याय गरेको विकले बताइन् ।

महिनावारी भएका महिलाले दुहुनो गाईभैँसीको शरीरमा छुनसमेत मिल्दैन । कोही कसैले जबरजस्ती गरेर छोयो भने गाई बिरामी हुन्छ, नब्याउने हुन्छ भन्ने मान्यता बाजुरामा छ । यस्तै गरेर महिनावारी भएका बेला महिलाले गाईभैँसीको शरीरमा छोयो भने सुनपानीले छर्केर भैँसीलाई चोख्याउने प्रचलन पनि कायमै छ  । यहाँ महिलाका क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाले छाउप्रथा अन्त्य गर्न २०६७ सालदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् तर पनि गाउँमा छाउप्रथा कायमै छ । लामो समयदेखि जरा गाड्दै आएको यो प्रथा अहिलेसम्म हटेको छैन ।

यही छाउप्रथाका कारण महिनावारी भएको बेला २०७६ सालमा बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको आगलागीमा परेर ज्यान गएको थियो । त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै बाजुराका विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ धेरै गोठ भत्किए तर स्थानीयको मानसपटलमा छाउप्रथा कायम रहँदै आएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदीबहिनी बलात्कृत हुने गरेका छन् । धेरैको जीवन बर्बाद भयो तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकाले दुःख भोग्नु परेको छ ।

महिनावारी भएका महिलालाई यस्तो विभेद गर्ने जोकोहीलाई कानुनी रूपमा कारबाही गर्ने भने पनि अहिलेसम्म स्थानीय निकायले यसको कार्यान्वयन गरेको छैन । बाजुरामा ५११ वटा छाउगोठ भत्काएका हुन् । फेरि पनि अहिले कता कता छाउगोठ निर्माण भइरहेको भन्ने जानकारी आएकाले ती गोठसमेत भत्काउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । गोरखापत्रबाट

सोमबार, माघ २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.