धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ स्थित सडक खण्ड र लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ८५ हजार २२० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
उक्त मूल्यकाे चिनी, खानेतेल, सुर्ती, चक्लेट, पेन्ट डिब्बा, ट्याक्टरको सोराज लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













