काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा सदनमा भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय लिएको हो ।
सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ । अरु ५ वटा अध्यादेशमा साथ रहेपनि भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णय गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।














