बारा । जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित जंगलबाट लागूऔषध गाँजा करिब २७ किलो ९० ग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०४४ प ६७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा २ जना व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएपश्चात झोला तलासी गर्दा उक्त परिमाणको
गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













