सिराहा । नरहा गाउँपालिका-१ देवीपुर बस्ने ५७ वर्षीय चौधरी दासको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको कलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














