डोटी । राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा डोटीको अध्यक्षमा सुवास नेपाली सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिलगढीमा सम्पन्न दोस्रो भेलाबाट नेपालीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा विष्णु कोली, महिला उपाध्यक्ष लक्ष्मी विक, सचिवमा राज पार्की, सहसचिवमा अस्मिता विश्वकर्मा, कोषाध्यक्षमा गङ्गा पार्की, सदस्यमा अस्मिता विश्वकर्मा चयन भएका छन् ।
यसै गरी भेलाबाट केन्द्रीय प्रतिनिधिहरूमा प्रेम नेपाली र तीर्थ नेपाली चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा ममता नेपाली चयन भएकी छन् ।













