• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : आश्वासन आउँछ, काम हुँदैन

  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ ।

विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठा मध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रद्यानाअध्यापक शेरबहादुर सार्कीले बताए । वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनले बताए । उनका अनुसार हिउद र गर्मीका बेला पानी नपर्दा सम्म भवन प्रयोग गर्न सकिने भएपनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन ।

‘विद्यार्थीका लागि बस्नका लागि पर्याप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुटने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन’, उनले भने, ‘पुराना विद्यालय भवनका झयाल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अबस्थामा छन, सौचालय पुराना र निकै जिर्ण हुदा प्रयोग गर्न लायक छैनन् ।’

खानेपानीको पाईप विद्यालय सम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ९० प्रतिशत जनजाती र दलित समुदायका रहेका छन । दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन ।

अभिभावकको आर्थिक अबस्था दयनिय हुदा विद्यालया भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाई रहेको छ । विद्यालयमा कुल विद्यार्थीको संख्या पाँच सय ५५ रहेको छ । ती मध्ये ६० प्रतिशत छात्रा रहेका छन । नियमित विद्यालय आउने विद्यार्थीको संख्या ७० प्रतिशत रहेको छ ।

बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउँछन् । आर्थिक विपन्नताका कारण धेरैजसो अभिभावकहरु घरायसी गर्जो टार्नका लागि भारत तर्फ जाने भएकाले केही बालबालिका बृद्ध बाजे बज्यै संग बस्ने गरेका छन ।

केही अभिभावकले विचमै पढाई छुटाएर बालबालिकालाई आफु सगै काम गर्नका लागि लैजाने गरेका छन । वीचमै कक्षा छाडने विद्यार्थीको संख्या २० प्रतिशतको हाराहारीमा रहेको छ । बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थित नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाए । विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोशाक वर्ष भरी लगाउनु पर्ने अबस्था रहेको छ ।

विद्यालयका शिक्षकहरु भन्छन्, ‘विद्यालयको अबस्था बारे नगरपालिका कार्यालय र वडा कार्यालयमा अवगत गराए पनि समस्या अझै सम्म समाधान हुन सकेको छैन, अश्वासन पाईने गरेपनि विद्यालयका भौतिक पूर्वाधार सुधारमा ध्यान दिइएको छैन ।’ विद्यालय भवन निर्माणका लागि प्रदेश सरकाले दिने भनिएको रु २० लाख रकम विद्यालयको स्वामित्वको जग्गा नहुदा नगरपालिकामार्फत वित्तीय स्तान्तरण गरी उपलव्ध गराउने भएको छ ।

भवन बन्ने नबन्ने के हुने हो भन्ने बारे निक्र्यौल हुन नसकेको शिक्षकहरुको भनाई रहेको छ । विद्यालयमा माध्यमिक तहका एक र आधारभूत तह९ प्राथमिक तह०का छ जना गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन । राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक विद्यालयमा कार्यरत रहेका छन । विद्यालय विसं २०३९ सालमा स्थापना भएको हो । रासस

शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
भन्सार छलीका सामान बरामद

समाचार

सबै

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

जिपको ढोकाबाट खसेर युवकको मृत्यु

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

जिपको ढोकाबाट खसेर युवकको मृत्यु

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.