कञ्चनपुर । आगलागीबाट कञ्चनपुरमा ६ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
आईतबार कञ्चनपुर, भिमदत्त ४ मदनचोक स्थित वेदकोट ६ बस्ने महेश पनेरुले संचालन गरेको खिलुङ कालिका मार्केटिङ प्रा.ली.पसलमा बिद्युतको तार सट भई सो मुल्यको सामान जलेर नष्ट भएको हो ।
आगलागीका कारण पसल भित्र रहेका अण्डा, काउण्टर, अन्य सामानहरु जलेर नष्ट भएको प्रहरी ले जनाएको छ । मानबिय क्षती नभएको, र स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।













