धनगढी । दार्चुलामा जिपको ढोकाबाट खसेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको मार्मा गाउँपालिका–३ बिटुलेस्थित गोकुलेश्वर–लटिनाथ सडकखण्डमा सोमबार दिउँसो जिपबाट खसेर बैतडीको डिलासैनी गाउँपालिका-२ का २८ वर्षीय सन्तोष जाग्रीको मृत्यु भएको हो।
बिटुलेबाट गन्नातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १६९० नम्बरको जिपको बायाँतर्फको ढोका अचानक खुल्न गई जिपमा सवार जाग्री सडकमा खसेका थिए। जिपबाट खसेर गम्भीर घाइते भएका उनको मालिकार्जुन अस्पताल, दार्चुलामा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो।
जिल्ला अस्पताल बैतडीमा चिकित्सकले जाँच गर्दा उनलाई सोमबार राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले जिप र चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का २५ वर्षीय मनोज घरेडीलाई नियन्त्रणमा लिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














